यज्दी मोटरसाइकलको चाडपर्वलाई लक्षित ३ ठूला अफर सार्वजनिक

विहीबार, ०३ असोज २०८१, १३ : २५

काठमाडौँ - यज्दी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि मोटोइंकले चाडपर्वलाई लक्षित गर्दै ‘३ ठूला अफरहरू’ ल्याएको छ ।

कम्पनीले अन रोड र अफ रोड सबै तिर चलाउन सकिने शक्तिशाली यज्दी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव लक्षित गरी ल्याएको मोटरसाइकल हो । यस मोटरसाइकलमा बीएस सिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्वीच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको छ ।

यस अफर अन्तर्गत ग्राहकले यज्दीका मोटरसाइकलहरू खरिदमा १५ हजार रुपैयाँ नगद छुट पाउने भएका छन् । साथै, शून्य प्रतिशत ब्याजमा फाइनान्सिङ र ५ वर्षसम्म निःशुल्क सर्भिसिङ पाउने कम्पनीले जनाएको छ ।


 

विहीबार, ०३ असोज २०८१, १३ : २५

प्रतिक्रिया