काठमाडौँ - दशैं तिहार तथा छठ पर्व नजिकिएसँगै विभिन्न मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले अफर ल्याएका छन् । ग्राहकलाई आफूतिर तान्न विभिन्न कम्पनीहरूले नगददेखि कारसम्म उपहार राखेका छन् ।
हिरो
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स हो । सिजीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा ‘एक्कासि मालामाल’ अफर सार्वजनिक गरेको छ । कम्पनीले जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डमार्फत नगद ८ हजारदेखि ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका रहेको जनाएको छ । साथै बम्पर उपहारमा ‘नेटा भी’ कार जित्ने अफर ल्याएको छ ।
टिभिएस
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजना अन्तर्गत नकिन्दै ५ लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ । हरेक हप्तामा १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।
होण्डा
हण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ उपहार योजना ल्याएको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् । यो योजना हण्डा इजी फाइनान्समा पनि लागू हुने जनाइएको छ ।
बजाज
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले ‘क्यास सफारी’ अफर ल्याएको छ । चाडबाडलाई लक्षित गरी ल्याइएको अफर अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसट १०० वटासम्म हात्ती जित्न सक्ने छन् । एक हात्ती बराबर एक हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जङ्गल सफारी उपलब्ध गराइने छ भने बम्पर उपहारमा १ जोडीलाई केन्यामा जङ्गल सफारी उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफर अन्तर्गत बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउने छन् भने पाँच वर्षसम्मको वारेन्टी सुविधा पाउने छन् ।
सुजुकी
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता भीजी अटोमोबमाइल्सले दसैँतिहार विशेष ‘दसैँ आयो क्यास पायो’ योजना ल्याएको छ । कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकलाई न्यूनतम ७ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म उपहार प्रदान गर्ने जनाएको हो ।
मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजार रुपैयाँ सियोरसर्ट क्यास ब्याक पाउनेछन् भने स्क्रयाच कुपनमार्फत ५ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसका साथै मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज र फाइनान्सको राम्रो सुविधा दिइने जनाएको कम्पनीले मोटरसाइकल तथा स्कुटरको विश्वसनीयता कायम गर्न ५ वर्षको वारेन्टीका साथै ५ वर्षसम्म फ्री सर्भिसिङ सुविधा समेत उपलब्ध भएको कम्पनीले जनाएको छ ।
यज्दी
यज्दी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि मोटोइंकले चाडपर्वलाई लक्षित गर्दै ‘३ ठूला अफरहरू’ ल्याएको छ । कम्पनीले अन रोड र अफ रोड सबै तिर चलाउन सकिने शक्तिशाली यज्दी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव लक्षित गरी ल्याएको मोटरसाइकल हो । यस मोटरसाइकलमा बीएस सिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्वीच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको छ ।
यस अफर अन्तर्गत ग्राहकले यज्दीका मोटरसाइकलहरू खरिदमा १५ हजार रुपैयाँ नगद छुट पाउने भएका छन् । साथै, शून्य प्रतिशत ब्याजमा फाइनान्सिङ र ५ वर्षसम्म निःशुल्क सर्भिसिङ पाउने कम्पनीले जनाएको छ ।
लुयान
लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर सँचालन भएको छ । लुयान दशैं तिहार तथा छठ धमाका अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु। १० हजार नगद छुटका साथै विमा र नामसारी खर्च निःशुल्क पाइने भएको हो । यो अफर २०८१, असोज २ गते देखि कार्तिक मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले चालु आर्थिक बर्षको कर, एउटा प्रिमियम हेलमेट र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराउने जनाएको छ ।
यसका साथै कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिने जनाएको छ । कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा कमसेकम २०५ डाउनपेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।
सिएफ मोटो
विश्वविख्यात मोटरसाइकल ब्रान्ड सिएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको नेपालको लागि आधिकारीक विक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं र तिहार योजना सार्वजनिक गरेको छ ।
हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु–प्रतीक्षित र सबैभन्दा रुचाइएको सिएफ मोटोको ४५० एमटी बाइकको खरिदमा एलएस २ हेल्मेट निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । ४५० एमटीको अग्रिम बुकिङ पनि खुला गरिएको छ । यस्तैगरी, सिएफ मोटो अन्तर्गतको २५० एनके तथा ३०० एनकेको खरिदमा १८ हजार रुपैयाँसम्मको निःशुल्क एक्सेसोरिजहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार जिहो स्कुटरमा पनि आकर्षक योजनाहरू राखिएको छ । एइ ४ मोडलको खरिदमा १८ हजार रुपैयाँको क्यासब्याक अफर राखिएको हो ।
त्यसैगरी, एइ ६ प्लस खरिदमा ३१ लिटर आल्मोनियम स्टोरेज बक्स वा २० हजार नगद छुटमध्ये एक छनौट गर्न सकिने कम्पनीले जनाएको छ ।साथै, एइ ८ को खरिदमा पनि निःशुल्क एक्सेसरिजहरूसँगै १० हजार रुपैयाँको नगद छुट पनि राखिएको छ । यो योजना १ असोजदेखि २५ कात्तिक २०८१ सम्म रहने छ । यो योजना अवधिभर ग्राहकले सरल फाइनान्सिङ सुविधा तथा उत्कृष्ट मूल्यांकनसहित एक्सचेञ्ज सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया