काठमाडौँ - नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई ४१ लाख १५ हजार रुपैयाँ मूल्य पर्ने उक्त कार हस्तान्तरण गरेको छ।
उक्त गाडी हस्तान्तरण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महसुस भएको बताइन् । कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो ।
कम्पनीले कुनै किसिमको साझेदारी नगरेर विशुद्ध प्रतिभाको सम्मान गरेको जनाएको छ । नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् ।
प्रतिक्रिया