गोदावरी पुग्यो रोयल इन्फिल्ड राइडरहरुको कार्यक्रम ‘वान राइड’

आइतबार, ०६ असोज २०८१, १३ : ०३

काठमाडौं-  रोयल इन्फिल्ड राइडरहरुको कार्यक्रम ‘वान राइड’ गोदावरी पुगेको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नक्सालस्थित शोरुमबाट प्रारम्भ गरेको सो राइड गोदावरी पुगेको हो ।

राइडरहरु नक्साल, दरबारमार्ग, थापाथली, जावलाखेल, लगनखेल, सातदोबाटो हुँदै गोदावरी पुगेका हुन् । करिव १२५ राइडर सम्मिलित सो राइड कार्यक्रमका सहभागीहरु विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुनेछन् ।

आज नेपालका विभिन्न सहरमा भएका रोयल इन्फिल्ड राइडरहरु यो कार्यक्रममा सरिक भएका छन् । यसका साथै विश्वभर आज वान राइड कार्यक्रम आयोजना भइरहेको रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेलले बताए । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जगाउँदै, विभिन्न मनोरञ्जनात्मक खेल तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का कार्यहरु समेत हुने अल्फा अटोमोटिभले जनाएको छ ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । बिश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।

आइतबार, ०६ असोज २०८१, १३ : ०३

प्रतिक्रिया