Mrs. Nepal World मा विद्युतीय सवारीसाधन र्याली सम्पन्न

आइतबार, ०६ असोज २०८१, १८ : ०९

काठमाडौँ - काठमाडौंमा आयोजितMrs. Nepal World 2024 प्रतियोगिताको शिलशिलामा विशेष विद्युतीय सवारीसाधन र्याली सम्पन्न भएको छ । 

वातावरणीय सचेतना र दिगोपन प्रवद्र्धन गर्न आयोजना गरिएको यो र्यालीले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायातको आवश्यकता औंल्याएको छ । कार्यक्रममा सहभागीहरूमाMrs. Nepal World का प्रतियोगीहरू, विद्युतीय सवारीसाधनका चालकहरू, तथा विभिन्न क्षेत्रका उत्साही समर्थकहरूको सहभागिता रहेको थियो ।

LUYUAN NEPAL ले यस कार्यक्रमको Ride Partner को रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आयोजकहरूले विद्युतीय सवारीसाधनको महत्व र यसको उपयोगले दीर्घकालीन रूपमा वातावरणमा पर्ने सकारात्मक प्रभावलाई मुख्य सन्देशका रूपमा अघि सारे ।र्यालीको उद्घाटन गर्दै LUYUAN NEPAL का सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले भने, “विद्युतीय सवारीसाधनहरू दिगो भविष्यतर्फको बाटो हुन् ।

हामीले आजको र्यालीमा सहभागिता जनाएर प्रदूषण कम गर्ने यात्रालाई तीव्र पार्न सबैको योगदान महत्त्वपूर्ण छ ।” उनले आयोजकहरूलाई धन्यवाद दिँदै, विद्युतीय सवारीसाधनको विकासमा सहभागिता जनाउने सबैलाई प्रशंसा गरे । र्यालीमा LUYUAN का विभिन्न मोडेलका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएको थियो । 

सहभागीहरूले काठमाडौंको नक्सालमा अवस्थित LUYUAN NEPAL को शोरुमबाट शुरु गर्दै उपत्यकाको प्रमुख सडकहरू हुँदै ललितपुरको गोदावरी पुगी पुनः नक्साल मै फर्किएको थियो । उक्त र्यालीले आम जनतालाई विद्युतीय सवारीसाधनप्रति जागरुक गराए । वातावरण संरक्षणको सन्देशसहित र्यालीले जनसमुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

यस अवसरमाMrs. Nepal World का सिइओ निशु झाले महिला सशक्तीकरणसँगै वातावरणीय संरक्षणको सन्देश फैलाउन यस प्रकारका गतिविधिहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए । सहभागीहरूद्वारा विद्युतीय सवारीसाधन प्रयोगको प्रवद्र्धनले नेपालमा हरियाली भविष्यको आधार तयार गर्न मद्दत पुग्ने आयोजकहरूको धारणा थियो ।

आइतबार, ०६ असोज २०८१, १८ : ०९

प्रतिक्रिया