काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो लसुनको भाउ घटेको छ ।
हिजो प्रतिकिलो ३२६ रुपियाँमा कारोबार भएको हरियो लसुन आज एकैपटक १७६ रुपियाँमा सीमित भएको छ । यो किलोमा १५० रुपियाँले घटेको हो ।
त्यस्तै, अघिल्लो दिन १७० रुपियाँ रहेको कन्य चाउ २० रुपियाँले बढेर आज १९० रुपियाँ कायम भएको छ ।
मंगलबार कालिमाटीमा लोकल गोलभेंडा ३५, रातो आलु ७७, भन्टा ३५, घिउसिमी ८१, करेला ७५, लौका ३५, परवर ६५ र घिरौंला प्रतिकिलो ७५ रुपियाँमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्रतिक्रिया