एक महिनामा भित्रिए १२ सय विद्युतीय गाडी

मंगलबार, ०८ असोज २०८१, १४ : १९

काठमाडौँ - भदौ महिनामा १ हजार २२१ वटा विद्युतीय कार, जीप, भ्यान भित्रिएका छन् ।

भन्सार विभागका अनुसार साउन महिनामा ३८१ वटा यस्ता सवारी साधन भित्रिएका थिए ।  दुई महिनामा आएकामध्ये १ हजार १२५ गाडी चीनबाट भित्रिएका छन् । नेपालमा चिनियाँ विद्युतीय गाडीको बजार बलियो भन्दै गएको छ । 

बीवाईडी, एमजी, सेरेस, डिपल, नेटाजस्ता चीनमा निर्मित विद्युतीय गाडीले नेपालमा राम्रो बजार बनाइरहेका छन् । दसैँ, तिहार लक्षित नाडा अटो शोको बुकिङले भदौ महिनामा विद्युतीय गाडीको आयात उच्च भएको छ ।

भदौ ११ देखि १६ सम्म काठमाडौँमा गाडीहरूको मेला नाडा अटो शो आयोजना गरिएको थियो । जसमा करिब २० अर्ब रुपैयाँ मूल्यका ४ हजार २०० सवारी साधन बुकिङ भएका थिए । 

मंगलबार, ०८ असोज २०८१, १४ : १९

प्रतिक्रिया