GWM नेपाल आफ्नो डिलर नेटवर्क विस्तारलाई तीव्र गतिमा बढाउदैँ

मंगलबार, ०८ असोज २०८१, १५ : ४३

काठमाडौँ - GWM नेपाल आफ्नो डिलर नेटवर्क विस्तारमा तीव्र गतिमा अघि बढिरहेको छ। VG Impexप्रा.लि., नेपालका लागि GWM को आधिकारिक आयातकर्ता र वितरकले, विराटनगर, भरतपुर (नारायणघाट)  र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ।

GWM नेपालले आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा पनि आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ। यसका साथै, यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर, र बिर्तामोडमा पनि डिलरशिप विस्तार गर्ने योजना बनाएको छ।यी डिलरशिपहरूले GWM ब्रान्डको लोकप्रिय गाडीहरू जस्तै Haval H6 SUV, Haval Jolion SUV, POER डबल क्याब पिकअप, , Wingle 5  पिकअप, र रेट्रो-आधुनिक ORA 03 इलेक्ट्रिक क्रसओभरको अनुभव गराउन मद्दत गर्नेछन्।

निकट भविष्यमा GWM ले पोखरामा पनि नयाँ डिलरशिप खोल्ने योजना बनाएको छ। यो वर्षको अन्त्यसम्म, अन्य प्रमुख सहरहरूमा थप दुईवटा डिलरशिपहरू थपिनेछ।
ORA 03 इलेक्ट्रिक क्रसओभर, जुन रेट्रो-आधुनिक डिजाइन र प्रिमियम सुविधाहरूले सुसज्जित छ, ANCAP Euro NCAP दुबैमा ५- स्टार सेफ्टी रेटिङ पाएको कारण लोकप्रिय बन्दै गएको छ। 

GWM नेपाललेHaval H6, Haval Jolion, GWM Poer Pick Up, Wingle 5 पिकअप जस्ता विश्वभर लोकप्रिय मोडेलहरू बिक्री गरिरहेको छ। साथै, निकट भविष्यमा नेपालमा ट्याङ्क ब्रान्डअन्तर्गत लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना बनाएको छ।

GWM ​​​​​​​को बारेमा:
GWM कम्पनी विश्वभर ८० भन्दा बढी सहायक कम्पनीहरूसँग काम गरिरहेको छ र ७०,००० भन्दा बढी कर्मचारीहरूको ठूलो कार्यबलको गर्व गर्दछ। लगातार ६ वर्षसम्म GWM ले वार्षिक रूपमा १ मिलियनभन्दा बढी गाडीहरू बिक्री गरेको छ। VG Impex ले GWM का यी मोडेलहरूलाई नेपाली बजारमा प्रस्तुत गर्दै, देशभर बिक्री र बिक्रीपछिका सेवाहरूलाई विस्तार गर्दै नेपालको अटोमोटिभ क्षेत्रमा योगदान पुर्याइरहेको छ।

मंगलबार, ०८ असोज २०८१, १५ : ४३

प्रतिक्रिया