काठमाडौँ - गजल गीत ‘नजरका इशारा’ सार्वजनिक भएको छ ।
किरण रिजाल शब्द, शशी विक्रम थापाको संगीत रहेको गीतमा कमल विष्टको स्वर छ । गीतमा युवा–युवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले ल्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियो राज पौडेल र हेना नगरकोटीले अभिनय गरेका छन् । नारायण मगरको निर्देशन रहेको भिडियो निर्देशक आफैले सम्पादन गरेका हुन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् ।
प्रतिक्रिया