काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १३३.५८ रुपियाँ र बिक्री १३४.१८ रुपियाँ रहेको छ । हिजो भने उक्त मुद्राको खरिद १३३.३९ रुपियाँ र बिक्री १३३.९९ रुपियाँ थियो ।
त्यस्तै, अघिल्लो कारोबार दिनमा युरो १ को खरिद मूल्य १४८.३५ रुपियाँ र बिक्री १४९.०२ रुपियाँ रहेकामा आज भने बढेर खरिद १४८.६१ रुपियाँ र बिक्री १४९.२८ रुपियाँ पुगेको छ । त्यस्तै बुधबार पाउन्ड १ बराबर १७८.५२ मा खरिद र १७९.३२ मा बिक्री गर्न सकिन्छ । मंगलबार भने खरिद १७७.५९ रुपियाँ र बिक्री १७८.३९ रुपियाँ थियो ।
प्रतिक्रिया