हुन्डाई मोटर्सद्वारा १० करोड सवारीसाधन उत्पादनको कोशेढुङ्गा पार

बुधबार, १६ असोज २०८१, १६ : २७

काठमाडौँ - हुन्डाई मोटर्सले विश्वभर १० करोड सवारी साधन उत्पादनको महत्वपूर्ण कोशेढुङ्गा पार गरेको छ ।

कम्पनीको स्थापना भएको ५७ वर्षमा हुन्डाईले १० करोड १ युनिट सवारीसाधन उत्पादन गर्न सफल भएको हो । विश्वव्यापी अटोमोटिभ उद्योगमा सबैभन्दा छिटो यो कोशेढुङ्गा पूरा गर्ने कम्पनी हुन्डाई बनेको छ । यो कोशेढुङ्गा पार भएको अवसरमा हुन्डाई मोटर्सले कोरियाको उल्सान प्लान्टमा एक समारोहको आयोजना गरेको थियो ।

यस अवसरमा कम्पनीले १० लाख १औँ गाडी आयोनिक–५ सिधैं ग्राहकलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा ‘१० करोड १औँ’ को सम्झनामा एउटा सेलिब्रेटरी डिस्प्ले पनि राखिएको थियो, जसलाई हुण्डाई मोटरको विगतका उपलब्धिहरूलाई आधारभूत रूपमा एक कदम अगाडि बढाउने प्रतिवद्धताको प्रतीकका रुपमा लिइएको छ ।

१० करोड सवारी साधनको विश्वव्यापी उत्पादनमा पुग्नु अर्थपूर्ण कोशेढुङ्गा भएको भन्दै कम्पनीका प्रतिनिधिहरु हर्षित भएका छन् । यस सफलताले अर्को १० करोडको यात्रामा पाइला अघि बढाउन हौसला मिलेको कम्पनीका प्रतिनिधिहरुले बताएका छन् ।
 

बुधबार, १६ असोज २०८१, १६ : २७

प्रतिक्रिया