त्रिथुंगाको दशैं अफरमा ग्राहकलाई ५५ प्रतिशतसम्म छुट

शनिबार, १९ असोज २०८१, १६ : २८

काठमाडौँ - नेपालमा ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्रीको आधिकारिक वितरक त्रिथुंगा ट्रेडिङ प्रालिले महान् चाड दशैंतिहारलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको पुरानो ब्याट्री लिएर आउँदा नयाँ ब्याट्रीको खरिदमा एमआरपीमा ५५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकलाई प्रिमियम उत्पादनहरूसँग आफ्नो ब्याट्री प्रणालीलाई अद्यावधिक गर्न र ठूलो बचत गर्ने सुनौलो अवसर प्रदान हुने कम्पनीको भनाई छ ।

त्रिथुंगा ट्रेडिङ प्रालिका व्यवसाय प्रमुख श्याम पाण्डे भन्छन्, ‘यो पहलले उपभोक्ताहरूलाई भ्याल्यु प्रदान गर्न मात्र होइन, पुरानो ब्याट्रीको रिसाइक्लिङमा पनि योगदान पुर्याउँछ भन्नेमा विश्वस्त छौं ।’

सीमित अवधिको लागि लागू भएको सो योजना ग्लोब्याट ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्री दुवैमा लागू हुनेछ ।


 

शनिबार, १९ असोज २०८१, १६ : २८

प्रतिक्रिया