बडा दशैंको हार्दिक शुभकामना

शनिबार, २६ असोज २०८१, ०६ : २२

काठमाडाैं- आजको अर्थ डट कम परिवार तर्फबाट तपाईं सबैलाई वडा दशैंको हार्दिक शुभकामना र मङ्गलमय शुभेच्छा व्यक्त गर्न चाहान्छौं । दशैं पर्वको यो पावन अवसरमा, हामी तपाईंहरूको स्वास्थ्य, समृद्धि र सुख–शान्तिको कामना गर्दै एक साथ समृद्धि र सफलता प्राप्त गर्ने अभियानमा अघि बढ्नको लागि प्रेरित गर्दैछौँ।

दशैंको पर्व हामीलाई केवल धार्मिक आस्थाको अवसर मात्र होइन, हामी सबैलाई आपसी सद्भाव, मेलमिलाप र परिवारको महत्त्वलाई पुनः सम्झाउने अवसर हो। यस पर्वमा हामी आफ्नो पुरानो सम्बन्धलाई माया र सम्मानका साथ सुदृढ गर्दै, नयाँ आशा र उम्मेदका साथ नयाँ वर्षको शुरुआत गर्दैछौँ।

यस अवसरमा हामी सबैले एक अर्कासँग मिलेर, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रहरूमा प्रगति र सुधारका लागि काम गर्ने वचन दिन सक्छौँ। आजकोअर्थ डट कम तपाईंलाई प्रगतिको सही दिशा देखाउन र असल पत्रकारिताको माध्यामबाट हरेक कोणमा आर्थिक दृष्टिकोण राख्दै  सबैलाई साझा सफलता तर्फ अघि बढाउन कटिबद्ध रहेको छ।

सपना पुरा होस्, जीवनमा सफलता र समृद्धि ल्याओस्, र दशैंको यो पर्व तपाईंको जीवनमा नयाँ ऊर्जा र सकारात्मकता ल्याओस् भन्ने शुभकामना सहित हाम्रा पाठकवर्ग, सञ्चारकर्मपरिवार र विज्ञपनदाताप्रति हार्दिक शुभकामना व्यक्त गर्द चाहान्छौं ।

शुभ दशैं!
 

शनिबार, २६ असोज २०८१, ०६ : २२

प्रतिक्रिया