स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने

विहीबार, ०१ कार्तिक २०८१, ०७ : २२

काठमाडाैंँ-  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ । प्रस्तावित लाभांश पारित गर्न संस्थाले २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

असोज ३० मा बसेको कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा यही कात्तिक ३० गते लिसरा रिसेप्सन्स, भवगतीबहाल, नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।  सभाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीबाट एक जना निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र मर्जरका लागि योग्य देखिएका संस्थालाई सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिनेलगायतका प्रस्ताव पारित गर्नेछ । 

साथै, कायम चुक्ता पुँजी १ अर्ब ४५ करोडमा बोनस शेयर जारी गरेर १ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने एजेन्डा पनि रहेको छ ।  लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ संस्थाले कात्तिक ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कात्तिक ८ गतेसम्म कायम शेयरधनी प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् । 

विहीबार, ०१ कार्तिक २०८१, ०७ : २२

प्रतिक्रिया