काठमाडौँ- होन्डाले आफ्नो लोकप्रिय मोडल सीबी ३०० लाई फ्लेक्स फ्युल प्रविधिमा उतारेको छ । भारत मोबिलिटी एक्सपोमा पहिलोपटक प्रदर्शन गरिएको सो मोटरसाइकल ई८५ इन्धनसंग मिल्दोजुल्दो छ । बाइकको मूल्य १ लाख ७० हजार भारु निर्धारण गरिएको छ ।
सीबी ३५० एफ नाममा लन्च गरिएको सो मोटरसाइकल स्ट्यान्डर्ड मोडलजस्तै देखिन्छ । यसमा एलईडी हेडल्याम्प र अगाडि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्टेप सिट र चिन फेयरिङको साथ उस्तै आक्रामक स्ट्रीट फाइटर डिजाइन दिइएको छ ।
बाइकमा २९३.५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले २.४५ बिएचपी पावर र २५.९ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।
बाइकको अगाडि अपसाइड–डाउन फोर्क र पछाडि मोनो–शक लगाइएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यसमा ट्र्याक्सन कन्ट्रोल र एबीएस जस्ता सुविधाहरू पाउन सकिन्छ । नयाँ बाइक स्पोर्ट्स रेड र म्याट एक्सिस ग्रे कलरमा उपलब्ध छ ।
प्रतिक्रिया