काठमाडौँ - नेपालको लागी सुजुकी दुई पाङ्गेको आधिकारिक वितरक भि.जि. अटोमोबाईल्स प्रा.लि.ले एमएडब्लू हायर पर्चेज प्रा.लि. सँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दिमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ ।
एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भि.जि. सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटहरू मार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने भएको छ । साथै यो साझेदारीले ग्राहकहरूलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायती तरिकाले फाइनान्स प्रदान गर्ने लक्ष्य लिएको कुरा कम्पनीले बताएको छ ।
यो सम्झौताको माध्यमबाट ग्राहकहरूले छिटो र छरितो सेवाकोे साथ २४ महिनासम्म को किस्ताबन्दिमा सुविधाजनक EMI विकल्पहरू मार्फत भुक्तानीको साथमा सहज र सर्वसुलभ रुपमा फाइनान्सिङ सुविधाहरूको लाभ प्राप्त गर्न सक्दछन् ।
कम्पनीले हाल बजारमा सुजुकी ब्राण्डका V-Strom, Gixxer, Hayate, Intruder, Avenis, Access, Burgman आदि मोडलका मोटरसाइकल तथा स्कुटरहरु बिक्रि वितरण गर्दे आइरहेको छ ।
प्रतिक्रिया