सगरमाथा जलविद्युतको लाभांश घोषणा, साधारण सभा गर्दै

शुक्रबार, ०९ कार्तिक २०८१, ११ : २५

काठमाडौं– सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै कम्पनीले प्रस्तावित लाभांस पािरत गर्न साधारण सभा समेत बोलाएको छ । सभा आगामी मंसिर १४ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजे बोलाएको छ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने भएको छ ।

यसर्थ कात्तिक २१ गतेसम्म कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

शुक्रबार, ०९ कार्तिक २०८१, ११ : २५

प्रतिक्रिया