प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

आइतबार, ११ कार्तिक २०८१, १० : ३६

काठमाडौं प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस बैंकको आज आइतबार बसेको सञ्चालक समिति बैठकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले स्वीकृत दिएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७९–८० मा भने लाभांश दिएको थिएन । यस अघि बैंकले २०७८–७९ मा ४.९५ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिएको थियो । 

आइतबार, ११ कार्तिक २०८१, १० : ३६

प्रतिक्रिया