एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमि लोक महोत्सव सम्पन्न (तस्विरमा हेर्नुहोस्)

बुधबार, १४ कार्तिक २०८१, ११ : २५

काठमाडौं– भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित आयोजना गरेको भूमि लोक उत्सव सफलता पूर्वक सम्पन्न भएको छ । शनिवार सम्पन्न यस महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी अतिथिहरू एवं हजारौं जनकपुरबासीहरूको सहभागिता रहेको थियो ।

मधेश प्रदेशबाट झण्डै लोप हुन लागेका लोक सङ्गीत तथा बाजाहरुको प्रस्तुतिदेखि भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीत समेत समेटिएको थियो । यस विविधताले भरिपूर्ण कार्यक्रममा उपस्थित सबैखाले दर्शकहरुको मन जित्न सफल भएको थियो । 

भूमि महोत्सवको यस वर्षको संस्करणको मुख्य प्रायोजक एनसेल फाउन्डेसन रहेको थियो । व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत नेपाली कला र सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धन गर्न एनसेलले यो हातेमालो गरेको थियो । यस कार्यक्रममा मिथिला संस्कृतिका धरोहरका रूपमा रहेका तर हाल लोप हुने जोखिममा रहेका पमरिया, रसनचौकी र झरी–झरी नाचलगायतका प्रस्तुतिहरु समेटिएको थियो जसले गर्दा महोत्सवले दर्शकसँग कसिलो साइनो गाँस्न मात्रै सफल भएन बरु उनीहरुले गहिरो अपनत्व पनि महसुस गरे ।

राष्ट्रियस्तरमा ख्याती कमाएका कलाकारहरू सुशान्त घिमिरे र राग, झुमा लिम्बु, फ्याटकाउली, आशिष एण्ड अभिषेक, रूपेश झा आदिले सांगीतिक प्रस्तुति गरेको यस कार्यक्रममा काठमाडौंका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले भैरव काली नाच तथा सुबिमा श्रेष्ठको समूहले कत्थक नाच पनि प्रस्तुत गरेका थिए । 

दशैंका बेला मिथिला–मधेश क्षेत्रमा गाइने झिझिया नृत्यमा स्थानीय हिमाली स्कुलका विद्यार्थीहरूले निकै नै मनमोहक प्रस्तुति गरेका थिए । हालै राष्ट्रिय टेलिभिजनको एउटा प्रतिष्ठित कार्यक्रममा आफ्नो विशेष प्रयोगात्मक प्रस्तुतिले ख्याती कमाएका स्थानीय युवा –यापर सन्तोष झाका मैथिली –यापले युवा पुस्तामाझ थप उर्जा तथा उत्साह बढाएको थियो । 

“सम्पूर्ण प्रायोजक तथा सहयोगी संघसंस्था एवं स्वयंसेवक साथीहरूको अमूल्य सहयोग बिना भूमि महोत्सव सम्भव हुने थिएन । त्यसका लागि म सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि मुख्य प्रायोजकको रूपमा हामीसँग सहकार्य गरेकोमा एनसेल फाउन्डेसनलाई विशेष धन्यवाद।” भूमि लोक महोत्सवकी कार्यकारी निर्देशक चन्द्रेशा पाण्डेले भनिन् । 

भूमि फाउण्डेशनका अध्यक्ष रश्मि रञ्जन झाले जनकपुर शहरले यस कार्यक्रमप्रति देखाएको आत्मियता, स्वामित्वभाव र सहयोगले आउँदा वर्षहरुमा अझै धेरै उत्साहका साथ यस्ता कार्यक्रम आयोजना गर्ने हौसला बढाएको बताए । मधेशको समृद्ध साङ्गीतिक एवं सांस्कृतिक विरासतलाई संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित सुरुवात गरिएको यस लोक महोत्सवले जनकपुरका नागरिकका लागि एक मौलिक सांस्कृतिक अनुभव सिर्जना गर्न मद्दत पुर्याएको छ । 

‘यस भेगमा आयोजना हुने सर्वाधिक कार्यक्रमहरुमा भारत बाहेकका अन्य देशका पर्यटकहरुको उपस्थिति प्रायजसो न्यून नै रहने गरेको बेला यस भूमि लोक उत्सवमा यूरोप, अमेरिका, चीन लगायतका झन्डै १० देखि १२ देशका पर्यटकहरुको उत्साहजनक उपस्थिति देखिएको’, कार्यक्रम संयोजक सुमित मिश्रले बताए । 

एनसेल फाउन्डेसनका साथै, मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, बीपी कोईराला भारत–नेपाल फाउण्डेशन भारतीय दूतावास, स्विस विकास तथा सहयोग संस्था, स्विस दूतावास, माया आर्ट फाउण्डेशन, जनकपुर नगरपालिका, युनेस्को काठमाडौं, सामाजिक फिड, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, सांग्रिला प्रकाशन तथा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पनि भूमि फाउण्डेशनमार्फत यस वर्षको भूमि लोक महोत्सवलाई सहयोग तथा सहायता उपलब्ध गराएका थिए । 

त्यस्तै फोटो.सर्कल, सूर्य नेपाल, मिथिला कल्चरल भिलेज, शेफ सन्तोष शाहको मिथिला थाली, रेडमड कफी जनकपुर, जनकपुर कम्युनिटी कलेज, मसला कटेज रेस्टुरेन्ट एन्ड लाउन्ज, मिथिला सिरीज, डिजाइन हाउस अल मिडिया सोलुसन, अप्पन टेलिभिजन, कलर्स एफएम जनकपुर, जनकनन्दनी एफएम ९५.५, मिथिलाञ्चल एफएम, एरे इन्टरनेशनल स्कूल, माला कलर प्रिन्टिङ प्रेस, तथा भरत ग्राफिक डिजाईनले पनि सहयोग तथा सहायता उपलब्ध गराएका थिए ।

WhatsApp Image 2024-10-30 at 11.06.25 AMWhatsApp Image 2024-10-30 at 11.06.24 AMWhatsApp Image 2024-10-30 at 11.06.30 AMWhatsApp Image 2024-10-30 at 11.06.29 AM (2)WhatsApp Image 2024-10-30 at 11.06.29 AM (1)WhatsApp Image 2024-10-30 at 11.06.29 AMWhatsApp Image 2024-10-30 at 11.06.28 AMWhatsApp Image 2024-10-30 at 11.06.27 AMWhatsApp Image 2024-10-30 at 11.06.26 AMWhatsApp Image 2024-10-30 at 11.06.25 AM (2)WhatsApp Image 2024-10-30 at 11.06.25 AM (1)WhatsApp Image 2024-10-30 at 11.06.31 AM

बुधबार, १४ कार्तिक २०८१, ११ : २५

प्रतिक्रिया