दुई कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, २० कार्तिक २०८१, ०७ : ५१

काठमाडाैँ- दुई कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। हकप्रद निष्काशन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीले भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। बलेफी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

त्यस्तै, लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

मंगलबार, २० कार्तिक २०८१, ०७ : ५१

प्रतिक्रिया