काठमाडौं– ग्रन्थ इलेक्ट्रिक भेइकल प्रा.लि.ले अब नेपाल भित्रै स्थानिय स्तरमा इ.भि स्कुटर निर्माण प्रक्रियामा लागेको बताएको छ ।
बत्तीसपुतली–९, काठमाडौंमा रहेको उक्त प्रा.लि.ले हालसम्म आयातित स्कुटरहरुको बिक्री वितरण गर्दै आइरहेकोमा लगानीकर्ताको साथ सहयोग पाए निकट भविष्यमा आफै स्थानीय स्तरमा नै इ.भि स्कुटर तयार गर्ने बताउँदै इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारहरुको खोजीमा रहेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
नेपालको विभिन्न भूभागलाई ध्यानमा राखी जस्तोसुकै उकोलो पनि २ जना बाकेर सजिलै चढ्न सक्ने उक्त स्कुटरले २४० कि.मि को रेञ्ज दिने बताइएको छ । यो नयाँ बन्न लागेको इ.भि. स्कुटरको ब्याट्री र मोटरमा ७ देखि १० वर्षसम्मको वारेन्टी हुने र नेपालमा यसको मुल्य २ लाख ८९ हजार रुपैया पर्ने बताइएको छ ।
नेपालमा आफ्नो निर्माण क्षमतालाई विस्तार गरेर मात्र भविष्यमा सर्वसाधारणहरुका लागि पनि आइपिओ जारी गर्ने भन्दै विज्ञप्तीमा भनिएको छ– ‘स्थानीयरुपमा निर्माण गरेर, हामी रोजगारका अवसर सिर्जना गर्नेर्छौ र कर राजस्व मार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याउने छौं । यो वातावरण मैत्री यातायात र दिगो विकासका लागि राष्ट्रिय लक्ष्यसँग पनि मेल खान्छ ।’
नेपालको दुई पांग्रे विद्युतीय सवारीसाधन बजारमा नेतृत्व गर्ने लक्ष्य राखेको उक्त कम्पनीले आफुलाई आर्थिक श्रोत र रणनीतिक दृष्टिकोण दिन सक्षम लगानीकर्ताहरुको आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया