सीजी मोर्टर्सले गर्यो Xpeng को फ्ल्यागशिप शोरुम उद्घाटन, २५ वटा G6 गाडी ग्राहकलाई हस्तान्तरण

शनिबार, २४ कार्तिक २०८१, २० : २५

काठमाडौं– अटोमोबाइल ब्राण्ड Xpeng को आधिकारिक विक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा एक्सपेंगको फ्ल्यागशिप शोरुमको सफलतापूर्वक उद्घाटन गरेको छ । 

एक्सपेंग मोटर्सका उपाध्यक्ष रहेका डा. ब्रायन गू ले उद्घाटन गरेको कार्यक्रममा आफ्नो ब्राण्डको विषयमा जानकारी गराउँदै एक्सपेंगले “लिडिङ्ग द फ्यूचर अफ एआई मोबिलिटी” ब्रान्ड भिजन राखेको बताए । उनले एक्सपेंगको अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सहितका गाडीहरु विश्वभरी ३० भन्दा बढी देशहरुमा पुगिसकेको जानकारी गराउँदै अटोमोटिभ क्षेत्रमा अग्रणी “फोल्क्सवागन ग्रुप” ले एक्सपेंगको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठुलो मात्रामा लगानी गरेको बताए ।

डा. ब्रायन गू ले भने G6 ले विश्वको सबैभन्दा कडा सुरक्षा परीक्षण E-Ncap मा ५ तारा रेटिंग प्राप्त गरेको छ । उनको भनाई अनुसार G6 मा स्वचालित ड्राइभिङ प्रविधि, SEPA 2.0, OTA अपडेट, XOS अपरेटिङ सिस्टम र ८००V सुपर–फास्ट चार्जिङ प्रणाली समावेश छ । यसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन्, जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ जसले ४३५ किलोमिटरको रेन्ज दिनेछ । डा. ब्रायन गू का अनुसार स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०ः५० लोड रेशियो, एल्युमिनियम डाई–कास्ट बनावट र ९– डायमेंशन ब्याट्री सुरक्षा समावेश छ, जसले जी६ लाई थप विशेष बनाउँछ ।  

यसै उद्घाटन कार्यक्रममा सीजीएमले पहिलो चरणका ग्राहकहरुलाई २५ वटा G6 गाडीहरु हस्तान्तरण पनि गरेको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरु र आगामी योजनाबारे चर्चा गर्दै देशभरि २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरु मार्फत उपलब्ध गराइरहेको एक्सपेंग सीजीएमको ब्रान्ड पोर्टफोलियोमा थपिएको सबैभन्दा नयाँ ब्रान्ड भएको बताए । उनले अगाडि भने “सीजीएमले यस वर्षभित्रै ४० वटा स्थान सम्म सेवा केन्द्रहरु बढाउने र वर्तमानको २४४ भन्दा बढी स्थानहरुको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्टहरु थप्ने लक्ष्य राखेको छ ।”

उद्घाटन कार्यक्रममा पत्रकार लगायत चिनियाँ दूतावासका प्रतिनिधिहरु र Xpeng का विशिष्ट अतिथिहरुको सम्मानजनक उपस्थिति रहेको थियो । 

शनिबार, २४ कार्तिक २०८१, २० : २५

प्रतिक्रिया