एमएडब्लुद्वारा बुटवलमा दिपल ईभी सार्वजनिक

सोमबार, २६ कार्तिक २०८१, १३ : २१

काठमाडौँ - नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा दिपल ईभी सार्वजनिक गरिएको छ ।

बुटवलमा आयोजित एक विशेष समारोहबीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लू वृद्धिका सीईओ जोजुजोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन्  ।

एमएडब्लू वृद्धिले २७ कात्तिकदेखि बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउनेछन् । 

ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस समेत पाउनेछन् ।


 

सोमबार, २६ कार्तिक २०८१, १३ : २१

प्रतिक्रिया