२२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिदै

४ बर्ष अगाडि

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २२.२ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजनाको विद्युत् जोडिने भएको छ ।

यही  जेठ १५ गतेबाट केन्द्रिय प्रसारणमा सो आयोजनाको विद्युत् जोडिने भएको हो । पाँचथरमा निर्माण सम्पन्न आयोजनाबाट अबको एक सातामा विद्युत उत्पादन भई केन्द्रिय प्रसारणमा जाडिन लागेको हो ।

कूल १५ दिनको परीक्षण उत्पादनपछि जेठको अन्त्यबाट आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ । आयोजनाको ड्राइ टेष्ट सम्पन्न गरेर बाँध, पेनस्टक पाइप तथा सुरुङमा पानी भरेर परीक्षण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि विद्युत उत्पादन सुरु हुने र आयोजना र ठेकेदारले गर्ने परीक्षणपछि प्राधिकरणको प्राविधिक टोलीले आएर हेर्छ र परीक्षण उत्पादन गर्नेछ ।

परीक्षणका क्रममा इन्टेक गेटबाट पानी चुहिएकाले त्यसको मर्मतको काम अहिले भइरहेको छ । हेवाको पानी फेमेको बाँधमा ल्याउन निर्माण गरिएको संरचना जडान भएको स्थान केही रसाएकाले समस्या समाधानको प्रयास भइरहेको जानकारी दिईएको छ ।

 विद्युतगृहमा पानी खसालेर परीक्षणको चरण पूरा भएको छ । अहिले सबै संरचनाको पानी सुकाउने काम भइरहेको कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया