अटोमोटिभ्सको ‘मेरोअटो राइड’को दोस्रो संस्करण सम्पन्न

आइतबार, ०२ मंसिर २०८१, १६ : १३

काठमाडौं- ‘मेरोअटो राइड’को दोस्रो संस्करण सम्पन्न भएको छ । अटोमोटिभ्स प्रालिद्धारा आयोजित उक्त राइड कात्तिक ३० र मंसिर १ गते सम्पन्न भएको हो ।

नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष निराकर श्रेष्ठ, कार्य समिति सदस्य सुनिल रिजाल, ऋद्धि कार्की र मेघराज पौडलले संयुक्त रुपमा फ्यागअफ गरी राइडको उद्घाटन गरेका थिए ।

04

काठमाडौंको नक्सालबाट सुरु भएको राइड टोखा–हरे–बिदुर–धुन्चे हुँदै रसुवाको ब्राबल पुगेर समापन भएको थियो । उक्त राइडमा ४२ वटा मोटरसाइकल सहभागी थिए ।

राइडमा सहभागी राइडरलाई नुवाकोटको विदुर नगरपालिका र रसुवाको ब्राबल होमस्टेले विशेष स्वागत गरेका थिए ।

dron-7-768x512

उक्त राइडलाई रोयल इनफिल्ड, हिरो, बजाज, यामाहा, टीभीएस, काबर्ग हेल्मेट र नेपाल डिस्ट्रीलरीले सपोर्ट गरेका थिए ।

बाइक राइडिङ कल्चर स्थापित गर्दै आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बाइक राइड आयोजना गरिएको राइडका संयोजक हरिप्रसाद गजुरेलले बताए ।

14

‘हामीले दैनिक कामकाजका लागि मोटरसाइकल प्रयोग गर्दै आएका छौं । पछिल्लो समय मोटरसाइकलमा घुमघाम गर्न जाने ट्रेन्ड बढ्दो छ,’ उनले भने, ‘राइड मार्फत नेपालका नयाँ(नयाँ गन्तव्यको प्रर्यटन प्रबद्र्धन गर्ने हाम्रो अभियान हो ।’ आगामी वर्षहरूमा पनि बाइक राइडलाई निरन्तरता दिइने उनले बताए ।

मेरो अटो राइडको पहिलो संस्करण गत वर्ष काठमाडौंदेखि सोलुखुम्बुको पतालेसम्म गरिएको थियो ।

आइतबार, ०२ मंसिर २०८१, १६ : १३

प्रतिक्रिया