रोयल इनफिल्डले बजारमा स्क्रयाम ४४० ल्याउँदै

सोमबार, ०३ मंसिर २०८१, ११ : ५८

काठमाडौं- रोयल इनफिल्ड सन् २०२४ मा नयाँ मोटरसाइकल ल्याउन ब्यस्त रहेको छ । २०२५ मा पनि नयाँ उत्पादन ल्याउने मामलामा कम्पनी आक्रामक हुने देखिएको छ । २०२४ मा कम्पनीले अपडेटेड क्लासीक ३५० देखि, गोरिल्ला ४५० र क्लासीक ६५० तथा बियर ६५० सम्मका मोडल बजारमा ल्यायो।

कम्पनले सन् २०२४ को अन्यमा हुने मोटोभर्स २०२४ मा क्लासीक ३५० मा आधारिक बब्बर मोटरसाइकल पनि ल्याउँदै छ । यसैक्रममा कम्पनीले सन् २०२५ मा स्क्रयाम ४११ लाई स्क्रयाम ४४० ले विस्थापित गर्ने जनाएको छ ।

अर्वान एड्भेन्चर डिजाइनमा रहेको स्क्रयाम ४११ कै डिजाइनमा ४५० सीसी इन्जिनमा आउने भएको हो । यो इन्जिन रोयल इनफिल्ड गोरिल्लाबाट लिइने छ ।

कम्पनीले यसको डिजाइनमा सामान्य परिर्वतन गर्न सक्नेछ भने नयाँ कलर अप्सन दिनेछ । पुरानो मोडलको तुलनामा धेरै सीसीको इन्जिन हुने भएका कारण स्क्रयामको पावर क्षमता वृद्धि हुनेछ ।

बजारमा आएपछि उक्त मोटरसाइकलले जावा ४२, हार्ले ४४० एक्स जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । यसको एक्स शोरुम मूल्य २ लाख भारतीय रुपैयाँ हाराहारी पर्ने अनुमान छ ।

सोमबार, ०३ मंसिर २०८१, ११ : ५८

प्रतिक्रिया