नवलपरासीको दलदलेमा दिगो ग्रुपको ई–स्टप सञ्चालन

बुधबार, ०५ मंसिर २०८१, १३ : ३२

काठमाडौँ- दिगो ग्रुपले नवलपरासीको दलदलेमा आफ्नो तेस्रो ई–स्टप सञ्चालनमा ल्याएको छ । कम्पनीले मङ्सिर २ गतेदेखि रेस्टुरेन्टको सुविधासहितको ई–स्टप सञ्चालनमा ल्याएको हो ।

उक्त ई–स्पटमा सार्वजनिक सवारीसाधनको लागि २ वटा जीबीटी चार्जर जडान गरिएको छ । त्यस्तै, निजी सवारीसाधनका लागि सीसीएसटु चार्जरको पनि जडान गरिएको छ ।

कम्पनीले यसअघि रामटार र कुरिन्टारमा ई–स्टप सञ्चालनमा ल्याइसकेको छ।

 दलदले ई–स्पटले महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने विद्युतीय सवारीसाधनलाई सहज हुने ग्रूपले विश्वास राखेको छ ।  उक्त ई–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको विद्युतीय सवारीसाधनलाई चर्जिङ्गको सुविधा दिन्छ । 
 

बुधबार, ०५ मंसिर २०८१, १३ : ३२

प्रतिक्रिया