ओमानी रियालले पायो परिवर्त्य विदेशी मुद्राको मान्यता

शुक्रबार, ०७ मंसिर २०८१, १० : ५८

काठमाडौँ- नेपाली बजारमा ओमानी रियालले परिवर्त्य विदेशी मुद्राको मान्यता पाएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकिएको जनाएको हो। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा २ (ग१) मा व्यवस्था भएबमोजिम ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

बैंकहरुले अब सोहीबमोजिम गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

हाल नेपाली बजारमा २० वटा विदेशी मुद्राले परिवर्त्य विदेशी मुद्रा रहेका थिए। ओमानी रियाल थपिएसँगै यो संख्या २१ पुगेको छ।

शुक्रबार, ०७ मंसिर २०८१, १० : ५८

प्रतिक्रिया