टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

आइतबार, ०९ मंसिर २०८१, १७ : ०५

काठमाडौं - टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ ।

टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो । गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमको उ‌द्घाटन गरेका थिए । सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाका वारेमा प्रकाश पारेका थिए । 

लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना वारेमा जानकारी प्रदान गरेका थिए । सो अवसरमा डिलर सञ्चालकहरुले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो । 

नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन् । जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो ।

हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ । कम्पनीले वार्षिक रुपमा १४ लाख फोर ह्विलर २४ लाख टु ह्विलर सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ । यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउदै आएको छ ।
 

आइतबार, ०९ मंसिर २०८१, १७ : ०५

प्रतिक्रिया