काठमाडौं- प्रभु केबलकार एन्ड टुरिजमले हकप्रद शेयर बिक्री खुला गर्नै भएको छ । केबलकारले यही मंसिर २९ गतेबाट आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा साबिक संस्थापक सेयर धनीहरूका लागि हकप्रद जारी गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर बिक्री खुला गर्नेछ।
संस्थापक शेयरधनीहरुले आउँदो माघ ४ गतेसम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौंको तीनकुने स्थित कम्पनीको कार्यालयमा दिन सकिनेछ।
प्रतिक्रिया