काठमाडौं - इलेक्ट्रिक गाडी (EV) कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर C10 अब चितवनमा पनि उपलब्ध हुने घोषणा गरेको छ।
यसले नेपालमा बढ्दो मागसँगै उच्च-स्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेको छ। यस उपलब्धिलाई उत्सवको रूपमा मनाउन, भरतपुर, चितवनस्थित होटल सिराइचुलीमा एक भव्य समारोहको आयोजना गरिएको थियो।
यसैबिच ओजोन मोटर्सद्वारा दशवटा लिपमोटर C10 गाडी वितरण गरिएको थियो। लीपमोटर C10 ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्रीहरूका लागि अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको छ। यसका विस्तारित सुविधाहरू र दुरदर्शी दृष्टिकोणले C10 लाई इलेक्ट्रिक गाडी रोज्नेहरूका लागि उत्कृष्ट विकल्प बनाएको छ।
साङ्ग्रिला मोटर्स प्रा.लि. प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ। यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोएन, र हाल लिपमोटरको एक मात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।
प्रतिक्रिया