नेपाली सडकमा फेरि देखा पर्‍यो इलेक्ट्रिक स्कुटर इकोटर

मंगलबार, १८ मंसिर २०८१, १६ : ०२

काठमाडौं- केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको Ecooter इलेक्ट्रिक स्कुटर फेरि नेपाली सडकमा देखा परेको छ। प्राप्त जानकारी अनुसार, यो स्कुटरलाई Zero Emission Ride N ले नेपाली बजारमा पुनः प्रस्तुत गरेको हो।

हालै नेपाली सडकमा Ecooter स्कुटरको परीक्षण गरिरहेको फोटो सार्वजनिक भएको छ। यस विषयमा थप जानकारी लिन खोज्दा Zero Emission Ride N का सेल्स हेड शंकर शर्माले यस स्कुटरको पुनरागमनको पुष्टि गरेका छन् । उनका अनुसार, Ecooter स्कुटरलाई उचित मूल्यमा छिट्टै नेपाली बजारमा उतारिनेछ।

शर्माका अनुसार, अहिले स्कुटरको आन्तरिक परीक्षण भइरहेको छ। यो परीक्षणले स्कुटरको नेपाली भूभागमा प्रदर्शन र टिकाउपनाको आकलन गर्न मद्दत गर्नेछ। Zero Emission Ride N जो नेपालका लागि Luyuan इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक पनि हो, विद्युतीय सवारी साधन बजारमा उच्च प्रतिष्ठा राख्दछ। यसको डिलर र सर्भिस नेटवर्क नेपालमा नम्बर १ मानिन्छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र समर्थन प्रदान गरिरहेको छ।

Ecooter को पुनरागमनले नेपाली बजारमा विद्युतीय स्कुटरको प्रतिस्पर्धालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, टिकाउ र वातावरणमैत्री यातायातको थप विकल्प प्रदान गर्नेछ।

अब सबैको ध्यान ECooter स्कुटरको मूल्य र यसको विशेषतामा छ। Zero Emission Ride Nले यो स्कुटरलाई उच्च गुणस्तरका साथ उचित मूल्यमा उपलब्ध गराउने विश्वास दिलाएको छ।

नेपाली सडकमा Ecooter स्कुटरको पुनरागमनले विद्युतीय सवारी साधन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

मंगलबार, १८ मंसिर २०८१, १६ : ०२

प्रतिक्रिया