वीरगंज भन्सारबाट ५२ अर्ब ६७ करोड बढीको सामान निर्यात

विहीबार, २० मंसिर २०८१, १० : ४८

काठमाडौं- मुलुकका अन्य भन्सारका तुलनामा वीरगंज भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् ।

वीरगंज भन्सारले मात्र रु १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको छ । वीरगंज भन्सारका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ ।सुक्खा बन्दरगाहबाट रु एक अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका छन् । 

यसैबिच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा रु १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार बराबरका वस्तु निर्यात गरेको जनाएको छ । 

विहीबार, २० मंसिर २०८१, १० : ४८

प्रतिक्रिया