नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि

विहीबार, २० मंसिर २०८१, १८ : ०५

चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबै भन्दा धेरै बिक्रि हुने एस युभि बनेर आफ्नो जितको श्रृङ्खला जारी राखेको छ । थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्रि भएका एस युभि हरुमा नेटा एक्स सबै भन्दा बढि बिक्रि भएको एस युभि हाे । जसले गर्दा वेष्ट सेलिङ्ग एस युभिको जित हासिल गर्न सफल भएको हाे । 

थााईल्यान्डको अटो मोबाईलले गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८०  स्मार्टको यस क्षेत्रमा बिक्रि तथ्याङलाई आधार मानिएको बताएको छ । 
थाईल्यान्डमा नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्रि वितरण हुदै आईरहेका छन् । चिनिया ब्रान्ड नेटाले नेपालको लागि आधिकारिक वितरक सिजि मोटर्स रहेको जनाएकाे छ । सिजि मोटर्समा नेटा भि तथा नेटा एस मोडलमा इलेक्ट्राेनिक्स् कारहरु उपलब्ध रहेका छन् ।  

नेटा एक्स   एकपटक चार्ज गर्दा ५०० किमि सम्म चल्न सक्छ। यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८०  हजार किमिको वारेन्टी दिएकाे छ । जसले नेटाएक्स सँग विश्वसनीयता र दीर्घकालिन समयसम्मकाे साथ सुनिश्चित गर्दछ। यी विशेषताहरूले नेटा एक्सलाई बहुप्रकारी र इकोफ्रेन्ड्ली एस यू भि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन् ।  

नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जाँदा सिजि मोटर्स इभी इन्फ्रास्ट्रक्चरको लागि मर्मत तथा विश्वसनीय सेवा सुनिश्चित गरिरहेको छ । सिजि माेटर्सले केहि दिन अघि बागडोलमा नयाँ सर्विस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्विस स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्रिको सञ्जालगरि सम्पूर्ण ग्राहकहरुलाई निरन्तर सेवा दिन तत्पर रहेकाे बताएकाे छ । कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दै लैजाने भनेकाे छ l

विहीबार, २० मंसिर २०८१, १८ : ०५

प्रतिक्रिया