हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’

शुक्रबार, २१ मंसिर २०८१, १३ : १३

काठमाडौं - मोटर कम्पनी हुन्डाईको स्यान्टा एफई सन्‌ २०२५ का लागि ‘वर्ष कार’ घोषित भएको छ । यो कारले कारवाओ अवार्डमा प्रभुत्व नै जमाएको हो ।

यो कारले यसअघि नै बजारमा पर्याप्त सफलता हासिल गरिरहेको कम्पनीले जनाएको छ । यही सफलता क्रममा यो मोडलको कारले कारवाओ अवार्ड जित्दै वर्ष कार नै घोषित भएको हो ।

कम्पनीका अनुसार यो कारले अनलाइन मार्केटप्लेसको पारिवारिक मूल्य अवार्ड पनि जितेको छ । हुन्डाईकै आयोनिक फाइभ एनलाई टेक ट्रेइलब्लाजरको रूपमा स्वागत गरिएको कम्पनीले जनाएको छ ।

कारवाओ अवार्ड यसको सम्पादकीय टोलीद्वारा निर्धारण गरिन्छ । सो टोलीले प्रतिस्पर्धी कारहरूको मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यवहारिकता आधारमा उत्कृष्ट कारलाई अवार्डका लागि सिफारिस गर्छ । 

टोलीले वार्षिक रूपमा समीक्षा गरिएका सयौँ कारहरूबाट शीर्ष कार छान्ने गर्छ ।

 

शुक्रबार, २१ मंसिर २०८१, १३ : १३

प्रतिक्रिया