काठमाडौं - पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मधेश प्रदेशको चन्द्रपुरमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ ।
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा उक्त चार्जिङ स्टेशनको निर्माण गरिएको हो ।
स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
स्टेशनमा एक पटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया