काठमाडौं - टाटा मोटर्सको लोकप्रिय विद्युतीय गाडी पन्च इभीको मूल्यमा परिमार्जन भई नयाँ मूल्य सार्वजनिक भएको छ ।
यसअघि पन्च इभीको नाडा अटो सोलाई मध्यनजर गरी आकर्षक सुरुवाती मूल्य निर्धारण गरिएको थियो । साथै योजना अवधि समाप्ति पश्चात् उक्त मूल्य परिमार्जन गरिने कम्पनीले जनाएको थियो । यस गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरूले दर्साएको अभिरुचि र मागका कारण दसैँ–तिहार र छठ पर्वसम्म लम्ब्याइएको थियो ।
कम्पनीका अनुसार, २०२४ डिसेम्बर १ तारिकदेखि पन्च इभीको सुरुवाती मूल्यको अवधि सकिएको र सामान्य मूल्य तोकिएको छ । जसअनुसार, नेपालमा उपलब्ध पन्च इभीका सबै मोडलहरूमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ ।
नेपालको बाटो र माटोलाई सुहाउँदो गाडी पन्च इभी लन्च भएको छोटो समयमै अत्यन्तै लोकप्रिय एवम् उच्च रोजाइमा पर्न सफल भएको छ । उक्त गाडी सार्वजनिक भएदेखि हालसम्म पाँच सय भन्दा बढी हस्तान्तरण देशभर भइसकेको नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जानकारी दिएको छ । यसै गरी, पन्च इभीमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका विशेषताहरु रहेका छन् ।
साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले (BNCAP)मा ५ स्टार सेफ्टी रेटिङ पाएको बताइएको छ ।
प्रतिक्रिया