हिरो मोटोकर्पको एक्स्ट्रीम १२५ आर दुई भेरियन्टमा नेपालमा बिक्री सुरु

आइतबार, २३ मंसिर २०८१, ०९ : ४३

काठमाडौं-  हिरो मोटोकर्पको उत्पादन एक्स्ट्रीम १२५ आर दुई भेरियन्टमा बिक्री सुरु भएको छ । सिजी मोटर्सले नाडा अटो शो २०२४ मा देखाएको एक्स्ट्रीम १२५ आधिकारीक रुपमा बिक्री सुरु भएको हो ।

कम्पनीले एक्स्ट्रीम १२५ आरलाई सीबीएस र एबीएस भर्सनमा सार्वजनिक गरेको छ । सीबीएस भर्सनको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भर्सनको मूल्य ३ लाख ११ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११।५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।


यसमा डाइमन्ड फ्रेम, डीआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ ।

ब्रेकिङका लागि नयाँ एक्स्ट्रीम १२५ आरमा भेरियन्ट अनुसार अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक उपलब्ध छ । कम्पनीले सीबीएस र सिंगल च्यानल एबीएस यो मोटरसाइकलमा उपलब्ध गराएको छ ।

यो मोटरसाइकलले १२५ सीसी सेग्मेन्टमा टीभीएस रेडर १२५ र पल्सर १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

आइतबार, २३ मंसिर २०८१, ०९ : ४३

प्रतिक्रिया