हुन्डाईको पालिसेडको सेकेन्ड जेनेरेशन मोडल सार्वजनिक, आधुनिक डिजाइन र प्रिमियम सुविधा

आइतबार, २३ मंसिर २०८१, ०९ : ५२

काठमाडौं- हुन्डाईले आफ्नो एसयूभी लाइनअपको सबैभन्दा ठूलो मोडल पालिसेडको सेकेन्ड जेनेरेशन मोडल सार्वजनिक गरेको छ । कम्पनीले दक्षिण कोरियामा एक कार्यक्रम आयोजना गरेर नयाँ जेनेरेशन पालिसेड देखाएको हो ।

हुन्डाई ब्राण्डकै फ्ल्यागसिप मोडल मानिने पालिसेड ६ वर्ष अगाडि पहिलो पटक बजारमा आएको मोडल हो । कम्पनीले यसको नयाँ जेनेरेशन मोडलमा ब्यापक परिमार्जन गरेर सार्वजनिक छ । नयाँ डिजाइन, पहिलेभन्दा ठूलो इन्टेरियर स्पेस र लग्जरीलाई विशेष प्राथमिकता दिएर नयाँ मोडल तयार भएको देखिन्छ ।

नयाँ पालिसेडको अगाडिको ग्रिलमा ब्यापक परिमार्जन भएको छ । साथै, गाडीको डिजाइन पनि परिवर्तन भएको देख्न सकिन्छ । यसको डिजाइन निकै क्लिन छ । अगाडि ग्रिलमा दिइएको एलइडी लाइट निकै आकर्षक देखिएको छ । साथै, २१ इन्चको अलोय ह्वीलले यसलाई अलग स्तरमा उकालेको छ ।

प्रिमियम ड्यासबोर्ड पाउन सकिन्छ । ड्यासबोर्डमा दिइएको १२.३ इन्चका दुई स्कृनको मिश्रण उत्कृष्ट छ । स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर, क्लाइमेट कन्ट्रोलको लागि दिइएको फिजिकल बटमको संयोजन राम्रो देखिएको छ । ७ सिट क्षमताको कारमा यात्रुको लागि चाहिने हरेक फिचरमा ध्यान दिइएको छ ।

हुन्डाईले नयाँ पालिसेड २.५ लिटर हाइब्रिड इन्जिनमा ल्याएको छ । भी–६ इन्जिन चाहनेको लागि पनि ३.५ लिटर क्षमताको टर्बो इन्जिनमा पालिसेड उपलब्ध हुनेछ ।

आइतबार, २३ मंसिर २०८१, ०९ : ५२

प्रतिक्रिया