काठमाडौं - यति एयरलाइंसले सञ्चालन गरेको चाडपर्व विशेष ‘यतीसँग, उत्सवको उमङ्ग’ योजनाको बम्पर उपहार ग्रीस्मा खनालले जितेकी छिन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यति एयरलाइंसले फेसबुक लाइभमार्फत् गरेको ‘लक्की ड्र’ गरेको छ, जसमा ग्रीस्मा खनालले सिट्रोनको तर्फबाट पानारोमा बेनेली १२५ सीसीको स्कुुटर प्राप्त गरेकी हुन् । उनले यती एयरलाइंसमा मंसिर १४ गते काडमाडौं–भैरहवा यात्रा गरेकी थिइन् ।
यस्तै, दोस्रो पुरस्कार मंसिर १२ गते काठमाडौं–बिराटनगर उडान गरेका राजेन्द्र राईले हात पारेका छन् । उनले श्री रिद्धिसिद्ध ज्वेलर्सको तर्फबाट डायमण्डको चेन प्राप्त गरेका छन् । यसै गरी, तेस्रो पुरस्कारको रूपमा पाल्सोनिकको फ्रिज सृजना केसीले प्राप्त गरेकी छिन् । उनले यती एयरलाइंसमार्फत् मंसिर १२ गते काठमाडौं–नेपालगञ्ज उडान भरेकी थिइन् ।
मासिक पुरस्कारको बिजेताहरुमा अरुण कुमार यादव र पदम बहादुर बस्नेत रहेका छन् । उनीहरूले नथिङ्ग नेपालको तर्फबाट सीएमएफ एयरवर्ड प्राप्त गरेका हुन् । साप्ताहिक पुरस्कार जित्नेहरूमा भने तारादेवी बस्नेत, श्रीपति शाहु, सन्जु कृष्ण भट्टराई, डम्बर प्रसाद तिमिल्सिना, रुपेश धिमाल, विकास गुरुङ्ग, रुजन तुलाधर, अनुज ढकाल रहेका छन् । उनीहरूले आइविवि नेपालको तर्फबाट आकर्षक गिफ्टह्याम्पर प्राप्त गरेका छन् ।
यती एयरलाइंसले चाडपर्वको समयमा यात्रा गर्ने आफ्ना यात्रुहरुलाई लक्षित गरी २ महिना समयावधिको लागि ९असोज २२ गतेदेखि मंसिर २१ गतेसम्म० ‘यतीसँग, उत्सवको उमङ्ग’ योजना सार्वजनिक गरेको थियो । यस अवधिभर २ लाख ४ हजार ४ सय ८५ जना यती एयरलाइंसमा यात्रा गरेको यती एयरलाइंसले जनाएको छ ।
यस चाडपर्व विशेष योजनामा यात्रुहरूको उत्साहजनक सहभागिताले थप ऊर्जा थपेकोले आगामी दिनहरूमा पनि यस प्रकारका आकर्षक अफरहरू ल्याइरहने यती एअरलाइन्स जानकारी दिएको छ ।
प्रतिक्रिया