काठमाडौं - नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले डिसेम्बर ९,२०२४ देखि “December Delight” अभियान सुरु गरेको छ।
डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्। “December Delight” अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, यस अभियानमा Zero Cost Ownership Plan एबिल रहेको छ जसमा ग्राहकहरुले आफुलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्। साथै ३ वर्षको निस्शुल्क चेक-अप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न Wash Coupon र ३ वर्षको Servicing प्याकेजको पनि लाभ लिन सकिनेछ।
हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो। तसर्थ, देशभरका सो(रुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई अनुरोध र प्रोत्साहित गर्दछ।
यहि शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुँदै छ।
प्रतिक्रिया