काठमाडौं - नेपालका लागि इकुटरको आधिकारिक वितरक, अत्याधुनिक विद्युतीय स्कुटर Ecooter E3 को अनावरण गर्न पाउँदा अत्यन्त उत्साहित छ।
यो क्रान्तिकारी स्कुटरले नवीनतम प्रविधि, आकर्षक डिजाइन, र वातावरणमैत्री यातायातको संयोजन प्रदान गर्दछ। २०१७ मा स्थापना भएको इकुटरले इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधनमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ।

मोटरसाइकल डिजाइन र उत्पादनमा लामो अनुभवका साथ, इकुटरले आधुनिक प्रविधिलाई research & development को उत्कृष्टता र गुणस्तरीय उत्पादनसँग जोड्दै संसारभरका यात्रुहरूलाई अद्वितीय उत्पादनहरू प्रदान गरिरहेको छ।
विद्युतीय स्कुटरको नयाँ मानक इकुटर ev विद्युतीय यातायातको क्षेत्रमा महत्वपूर्ण कदम हो। यसले शहरी तथा ग्रामीण दुवै क्षेत्रमा भरपर्दो, दिगो र सहज यात्रा समाधान प्रदान गर्दछ।
इकुटर ev का प्रमुख विशेषताहरू:
उच्च प्रदर्शन: १५०० वाट रेटेड मोटर पावर र ३००० वाट पिक पावर, जसले १२० सम्मको उकालो सजिलै पार गर्न सक्षम बनाउँछ।
लामो व्याट्री जीवन: ७२V38AH ग्राफिन जेल ब्याट्रीसहित, एक पटकको चार्जमा १००-१२० किमी यात्रा गर्न सक्ने क्षमता। ५-६ घण्टामा पूर्ण चार्ज।
अत्याधुनिक विशेषताहरू: रेजेनेरेटिभ ब्रेकिङ, कूज कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प, र LCD डिस्प्ले।
सुरक्षा प्राथमिकता: अगाडि र पछाडि डिस्क ब्रेक, एण्टि-थिफ्ट अलार्म, र ह्वील लक।
वातावरणमैत्री: पूर्णतया विद्युतीय, यो स्कुटरले वायु प्रदूषण र पेट्रोलियम निर्भरता घटाउन योगदान पुर्याउँछ। नेपालको हरित भविष्यप्रति प्रतिबद्धता इकुटर ev को साथ, जीरो इमिसन राइड एनले नेपालमा सफा र दिगो यातायातको उपयोग प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
जीरो इमिसन राइड एनको बलियो डिलर र service center नेटवर्कको सहायताले ग्राहकहरूले भरपर्दो बिक्रीपछिको सेवा र कगउउयचत पाउनेछन् ।
प्रतिक्रिया