काठमाडौं - दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघेको छ । सो अवधिमा २७ लाख बढी रकम संकलन भएको छ ।
सातामा करिब ४ जना जति विदेशी नागरिकले मात्रै टिकट लिने गरेको धरहरा सञ्चालन इकाई कार्यालयले जनाएको छ । सरकारले मङ्सिर ९ गतेदेखि दैनिक १२५० को संख्या भौतिक रूपमा उपस्थित भई सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको छ ।
धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति १००० रुपैयाँसम्म शुल्क तोकेको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ।
यसै गरी नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकेको छ । बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया