काठमाडौं - एक विशेष समारोह बिच नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र BOSCH लिमिटेड बिच टाटा कमर्सियल गाडीहरुमा जडान भएका BOSCH एफ. आई. पि हरुको मर्मत तथा सम्भार सम्बन्धी सेवाको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरुको एफ.आई.पि सम्बन्धी मर्मत सम्भार कार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरूले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ ।
त्यस अवसरमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का उपाध्यक्ष श्री सौरभराज थपलियाले , “ यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई एफ. आई. पि मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा BOSCH को विस्तारित सर्भिस संजालले गर्दा अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास व्यक्त गरे” ।
त्यसै गरी BOSCH इन्डियाका नेपाल प्रतिनिधि श्री सन्दीप कामत ले यस सहकार्यको महत्वलाई उजागर गर्दे भने, “ सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरूले बारम्बार भोग्दै आइरहेका समस्याहरूको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने छ । अब सतप्रतिसत BOSCH को जेन्यूइन पार्टस्हरुको प्रयोग गरी निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरूले प्राप्त गर्न सक्ने छन्” ।
यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने छ । एफ.आई.पि मर्मत सम्बन्धी कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउँदा ग्राहकहरूले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूति प्रदान गर्नका लागि कम्पनीले जेन्यूइन पार्ट्सहरुमा ६ महिना सम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने छ ।
प्रतिक्रिया