नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक, यस्तो छ मुल्य र विशेषता ?

शुक्रबार, २८ मंसिर २०८१, १७ : ००

काठमाडौं - जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोवाइल्स प्रालिले दरबारमार्गमा नयाँ शोरुम सहित जेएमईभीको पहिलो मोडल सार्वजनिक गरेको छ । 

जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोबाइल्स प्रा.लि.ले यो नयाँ विद्युतीय सेडान कारको मुल्य ५३ लाख ९९ हजार निर्धारण गरेर बिक्री सुरु गरेको हो । यो नयाँ विद्युतीय कारमा ४९ किलोवाट आवरको ब्याट्री तथा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने दाबी गरिएको कारको ग्राउन्ड क्लिरियन्स १७० मिलिमिटर छ ।

जिएसईमा प्यानारोमिक मुनरुफ, १०.२५ र १२.३ इन्चको पानारोमिक एचडी ड्यूल स्क्रिन, ३६० डिग्री क्यामेरा, मिशेलिन टायर, सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रीक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट जस्ता विशेषता पाउन सकिन्छ ।

जेएमईभी सन् २०१५ मा स्थापना भएको चीनको उद्योग र सुचता प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनी हो । हाल यो कम्पनीमा फ्रेन्च अटो निर्माता रेनोको ५० प्रतिशत हिस्सा रहेको छ । यो कम्पनीले उत्पादन गर्ने कार लक्जरी र पर्फमेन्सका लागी उत्कृष्ट मान्ने गरिन्छ ।

शुक्रबार, २८ मंसिर २०८१, १७ : ००

प्रतिक्रिया