काठमाडौं- नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण कुमार चौधरीले वार्षिक राजस्व संकलनमा कुल २१ प्रतिशत योगदान नाडा अटो मोबाइल्सको रहेको बताएका छन् । आज नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन्।
देशको अर्थतन्त्र जटिल स्थितिबाट गुज्रिरहेको छ । देशका अर्थतन्त्रका सूचक राम्रो स्थितिमा आउन सकेको छैनन्’, चौधरीले भने, ‘आयातमा गम्भीर प्रभाव र ठुलो प्रभाव अटोमोबाइल्स क्षेत्रले अर्थतन्त्रमा २१ प्रतिशत योगदान दिएको छ ।’
यसै गरी अटोमोबाइल्स क्षेत्रको विज्ञापनमा ४० प्रतिशत पुगेकोमा पछिल्लो समय खस्किँदै गएको चौधरीको भनाइ छ । बिमा क्षेत्रमा ५० प्रतिशत योगदान रहेको उनी बताउँछन् ।
‘१० लाख बढिले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्’ चौधरी भन्छन् , ‘विदेश पलायन हुने युवाहरू सबैभन्दा बढी अटोमोबाइल्स क्षेत्रमा कार्यरत छन् । ह्युमन रिसोर्स कसरी राख्न सकिन्छ अटोमोबाइल्स क्षेत्रले सिकाएको छ ।’
सवारी साधनमा उच्च करको समस्या प्रमुख चुनौती बनेको उनको भनाइ छ । ‘विद्युतीय सवारीमा बढ्ने आकलन छ उनले भने, ु१०५ देखी ३५० प्रतिशत मोटरसाइकलमा छ ।’ यातायात दर्ता र कर तिर्ने झन्झटिलो प्रणाली भएको उनको गुनासो छ ।
विद्युतीय सवारी बढ्ने क्रम रहेकाले चार्ज स्टेसन विस्तार आवश्यक रहेको उनी बताउँछन् ।
‘१७४ एनइएले विस्तार गरेको छ । तर के कति सञ्चालनमा आएको त्यसको यकिन हुन सकेको छैन,’उनले भने ।
विद्युतीय गाडी आउँदो दिनमा के रणनीति लागु गर्ने अन्योलमा रहेको उनको भनाइ छ । ‘नाडा विद्युतीय सवारीको टेस्टिङ फ्यासिलिटि बनाउन चाहान्छ । त्यसमा सरकारले स्वीकृति दिनुपर्छ,ुउनले भने,ुविद्युतीय सवारी साधनको सर्टिफिकेशन गर्न चाहन्छ । मौद्रिक नीतिको समीक्षामा अटोमोबाइल क्षेत्र समेटिएन । सरकारले बेवास्ता गर्दै जादा छिटै अटो सेक्टर विलीन हुने अनुमान गर्न सकिन्छ।
प्रतिक्रिया