काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गाडी आयातभन्दा नेपालमै गाडी उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालको ४८ औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
अर्थतन्त्रलाई माथि पुर्याउन नाडाको महत्वपूर्ण योगदान रहेको भन्दै प्रत्यक्ष र अप्रत्यक्ष गरि १० लाख भन्दा बढीलाइ रोजगारी दिन सफल भएकोकोमा उनले प्रसंशा गरे । 'नेपालको अर्थतन्त्रमा नाडाको महत्वपूर्ण योगदान रहेको छ। नेपालमै गाडी उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ,उनले भने,'नेपालमा गाडी आयात होइन निर्माण गर्ने कम्पनी सञ्चालन गरिनुपर्छ । बाटाघाटा उपर्युक्त भएनभने सरकारले सहज गरिदिन्छ ।' गाडी आयात भन्दा उत्पादन भौतिक पूर्वाधार सहज बनाइदिने प्रतिवद्वता जनाए । 'हामीले रोडसेफ्टीमा ध्यान दिन थालेका छौँ ।गुणस्तरीय सुरक्षित सडक निर्माण र वातावरणमैत्री पूर्वाधार निर्माणमा पहल गरेका छौँ।'
व्यवसयीलाई आकर्षित गर्न मौद्रिक नीति र वित्त नीति व्यवसायीमैत्री आउनुपर्ने बताए । 'मौद्रिक नीति आउनुपूर्व व्यवसायीसँग छलफल गरिनुपर्छ। विद्युतीय सवारी आजको माग छ ।मन्त्रलयले यसलाई मध्यनजर गर्दै अघि बढेको छ ,' उनलेभने ,'तर विद्युतीय सवारीमा पनि समस्या छ । व्याट्री डिस्पोज गर्ने समस्या छ । नेपालको मात्र नभएर यो संसारमा चुनौतिको विषय बनेको छ ।समाधानको पहल पनि होला ।' यसै गरी राजनीतिक परिवर्तनका कारण पनि देशको अर्थतन्त्रमा प्रभाव परेको बताए ।
प्रतिक्रिया