नेपालमा सवारीको मूल्य चारगुणा महङ्गो छ : अध्यक्ष अग्रवाल

आइतबार, ३० मंसिर २०८१, १५ : ४८

काठमाडौं -  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवालले छिमेकी मुलुक भारतमा भन्दा नेपालमा सवारीको मूल्य चारगुणा महङ्गो भएको बताएका छन् । 

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नेपालको अर्थतन्त्रमा ठुलो योगदान छ । ३ हजार बढी उद्योगी आबद्ध छन् । ठुलो सङ्ख्यामा रोजगारी पाएका छन्,’ उनी भन्छन्, ‘सवारीको प्रयोग बढ्दो छ । तर बढ्दो राजस्वका कारण अटोमोवाइल क्षेत्र सङ्कटमा छ ।भारतको तुलनामा ४ गुणा लिएको छ । भन्सार दर घटाइनुपर्छ । ’

मोटर दुई पाङ्ग्रे सवारी आयातमा १० देखि ६० प्रतिशत भन्सार र चारपाङ्ग्रे सवारीमा २५० देखि ३५० प्रतिशतसम्म भन्सार लगाउँदा पर्याप्त मात्रामा सवारी आयात हुन नसकेको उनको भनाइ  छ । जसका कारण देशको अर्थतन्त्रमा सुधार आउन पनि नसकेको उनको भनाइ छ ।

आइतबार, ३० मंसिर २०८१, १५ : ४८

प्रतिक्रिया