लाभांश प्रस्तावसहित लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा

मंगलबार, ०२ पुस २०८१, ११ : ४५

काठमाडौं - लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले पुस २४ गते, बिहान ११ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा चौबिसौँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश सहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते बुकक्लोज गर्ने भएको छ। यसर्थ पुस १६ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

मंगलबार, ०२ पुस २०८१, ११ : ४५

प्रतिक्रिया