आईपिओ निष्कासन गर्न फेडेरल रिइन्स्योरेन्सले डाक्यो साधारणसभा

बुधबार, ०३ पुस २०८१, ०९ : ३२

काठमाडौं- फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिले सभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारणलाई आइपीओ ल्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनी गाभ्ने वा गाभिने तथा विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

कम्पनीको साविक प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

बुधबार, ०३ पुस २०८१, ०९ : ३२

प्रतिक्रिया